2025-01-14

Close

कृष्ण यादव
वीरगन्ज २७ पुष
पुर्व मन्त्री एवम आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले  वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्न बताउनुभयो।आम जनता पार्टी पर्साका जिल्ला कमिटीले आयोजना गरेको वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउने संकल्प सहित आम जनता पार्टीका भष्ट्राचारको विरुद्ध खबरदारी सभामा बोल्दै पार्टीका  केन्द्रीय अध्यक्ष  प्रभु साहले  नारायणी अस्पताललाई मेडिकल क्लेज बनाउने, ठाकुरराम बहुमुखी क्यामपसलाई बिश्वबिधालयको मन्यता दिलाउने र नारायणी रंगसालाई पुन निर्माण र वीरगन्जलाई आर्थिक राजधानी बनाउनु पर्ने सरकारलाई ओली सरकारलाई यही खबरदारी सभाबाट तिस्रो जनअन्दोलन उदघोषण गरेको बताउनुभयो ।पुर्व मन्त्री साहले पर्साका तीन जना अहिलेको  सरकारमा केन्द्रीय मन्त्री रहदा पनि ती मन्त्रीहरुले सन्तोषजन्क काम गर्न नसकिएको बताउनु भयो ।उनीले म शहरी बिकास मन्त्री हुदा  पाँच महिनाको कार्यकालमा पर्सामा ३ सय करोड बजेट बिनयोजन गरि टेन्डर गरेको बताउनुभयो ।पुर्वा मन्त्री समेत रहनुभएको साहले भन्सारबाट निस्केको गाडीलाई प्रहरीले अन-आवशयक रोकी चेकजाँचको नाऊमा दुख दिन गरेको बताउनुभयो।साहले प्रहरीले मधेशको जनतालाई खाघान्न सामान सहित नियन्त्रणमा लिने गरेका छन भन्ने तस्करबाट करोडौं रुपैया असुली राजस्व चुहाट गर्न पाउने र घरयासी सामानहरु पक्राउ गरि मधेशको जनताको पैसाबाट तलब खाने र मधेसीको  जनतालाई दुख दिने कार्य सरकारले बन्द गर्नु पर्ने बताउनु भयो ।साहले मौलापुर नगरपालिकामा कर नलिइकन पनि नमुना विकास गर्न सफल भएका उनले दाबी गरे । शिक्षा क्षेत्रमा पनि कुनै काम हुन नसकेके उनको भनाई छ । साहले भने, “देशभरको एसईई नतिजा कमजोर भएको बेला मौलापुरमा ७५ प्रतिशत नतिजा आएको छ । मौलापुरमा निजी स्रोतबाट विकास सम्भव भएको छ । सरकारलाई पनि जनताका लागि सेवा गर्ने सोच राख्न आवश्यक छ ।”उनले थपे, “सरकारले जनताको करको दुरुपयोग गरिरहेको छ । अब यो जनताले सहने छैनन् । जनताको आवाज दबाउने काम भयो भने यो आन्दोलन कडा रुपमा अघि बढ्नेछ ।”उनकाअनुसार देशको ४७ प्रतिशत भुभागमा जंगल छ, तर त्यसले सरकारको आम्दानी हुँदैन । सरकारको मातहतको पूर्वाधारबाट आम्दानी पनि हुनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर