विपिन यादव
जनकपुरधाम । जिल्ला सहकारी संघ लिमिटेड धनुषाको ५५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जनकपुरधाम मुरली चोकस्थित जिल्ला सहकारी संघ लि. कार्यालयको प्राङ्गणमा सम्पन्न साधारण सभा संघका अध्यक्ष ध्रुबनारायण यादवको अध्यक्षता र मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथित्यतामा सम्पन्न भएको हो । सभामा कृषिमन्त्री जनार्दन सिंहले मधेश प्रदेश अन्तर्गतका सहकारीलाई आफ्नो भवन बनाउन आगामी बजेट देखि अनुदान दिने व्यवस्था मिलाउछु बताए ।
सभामा विशिष्ट अतिथि प्रदेश सांसद रामआशिष यादवले जिल्ला संघको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम, गोष्ठि प्रत्यक्ष सहयोगमा रहने बताए ।
धनुषाको प्रत्येक पालिकाहरुलाई सहकारीको एकिकृत व्यवसायिक विकास तथा रणनैतिक योजना, ऐन, नियमावली, कार्यविधि, निति निर्माण तर्जुमा तथा अनुगमन, सुपरिवेक्षण, सहकारी बीच एकिकरण कार्य सम्पादन कार्यक्रम सम्बन्धि समन्वय सहकार्यको लागि आवश्यक पहल अध्यक्ष ध्रुव नारायण यादवले बताए ।
सभाको उद्घाटन सत्रमा आर्थिक वर्ष २०८०।०८१ को वार्षिक कार्यक्रम तथा बजेट प्रतिवेदन संघका अध्यक्ष ध्रुबनारायण यादवले सार्वजनिक गरेका थिए ।
जिल्ला भित्र रहेका सवै प्रकृतिका सहकारी संघसंस्थाहरुको प्रबर्द्धन स्थापित संघको साधारण सभाबाट अझ सशक्त बनाउन सहभागिहरुले बताए ।
संघ भित्र स्थापित सवै प्रकृतिक विषयगत संघ र प्रारम्भिक सहकारी संस्थाहरु आवद्ध हुन पाईने प्रावधान रहेको छ । आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई थप व्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन सहभागिहरुले जोड दिए ।
सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकास, शेयर सदस्य संस्थाहरुलाई नियमित अनुगमनका कार्यक्रमलाई प्रत्येक सहकारी संस्थाहरुमा पुर्याउन अनिवार्य रहेकाले जिल्ला संघले सरोकारवाला निकायहरुसंग सहकार्यमा कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष विनोद प्रसाद रोहिता र कार्यक्रम संचालक राजेन्द्र साहले गरेका थिए ।
कार्यक्रममा सहकारीकर्मी राष्ट्रिय सहकारी महासंघका संचालक नथुनी यादव, रेखा मण्डल, रामहृदय यादव, राम कुमार मण्डल, प्रमोद छिट्टान, बिनिता यादव, जिल्ला सहकारी संघका व्यवस्थापक राम बिलास यादव लगायत संचारकर्मी तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।