जनकपुरधाम । जनकपुरधाममा युवाहरुले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवं प्रदर्शन गरेका छन् ।
सोमबार नेकपा एमाले निकट युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरुले जनक चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।
घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरु र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिती सृजना हुँदा राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशका अध्यक्ष लभ अधिकारीमाथि एक जना हवलदारले कालर समातेर हातपात गरेको भन्दै आफूहरुले विरोध गरेको अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले जानकारी दिए ।
हवल्दारले गरेको अभद्र व्यवहारको जानकारी इन्सपेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरुमाथि झन बढि दुव्र्यवहार गरेको अध्यक्ष चौधरीले सुनाए ।
जनकचोकमै टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले आगो निभाएका छन् ।