जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको विदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा दिपेन्द्र कुमार साहलाई पठाएको छ ।
अधिकृत साह बुधबार नगरपालिकामा हाजिर भए । हाजिर भएका अधिकृत साहलाई नगरप्रमुख बेचन दास र उपप्रमुख आशा देवी झाले स्वागत गरे ।
अधिकृत साहलाई नगरप्रमुख बेचन दास र उपप्रमुख आशा देवी झाले गमछा ओढाएर स्वागत गरेका थिए ।
यस्तै वडा ५ का वडाध्यक्ष राधेश्याम गोईत (देवेन्द्र), वडा २ का वडाध्यक्ष रामपुकार सहनी, वडा ६ का वडाध्यक्ष जय राम मण्डल, वडा ७ का वडाध्यक्ष राजकिशोर सिंह, वडा ९ का वडाध्यक्ष बृजमोहन मण्डल र नगरपालिका कर्मचारीले स्वागत गरेका छ्न् ।