2025-01-18

Close

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ स्थित भडरियाबाट पेस्तोलसहित दुई युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी सिलानाथ बरही ग्राम पञ्चायत- ५ का २१ वर्षीय रुपेश कुमार यादव र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ८ सीतानगरका २४ वर्षीय तेजेश कुमार महतो छन् ।

बीआर ३२ एडब्ल्यू १८११ नम्बरको भारतीय मोटरसाइकलमा दुबै जना चढेर गइरहेको बेला शंका लागेर सशस्त्र प्रहरीका इन्स्पेक्टर रवीन्द्र दाहाल नेतृत्वको टोलीले चेकजाँच गरेको थियो ‌। सो क्रममा उनीहरुको साथबाट ९ एमएम ब्राउनिङ पेस्तोल १ थान, सोको म्यागजिन १ थान र गोली राउन्ड १ थान बरामद भएको सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर धनुषाका प्रमुख एसपी दर्शन गिरीले जानकारी दिए ।

उनका अनुसार नेपाली नगद ३ हजार ४५, भारतीय नगद ८० रुपैयाँ र तीन थान मोबाइल पनि बरामद भएको छ ‌। दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर