2025-01-19

Close

माघ५ आईतबार

पर्साको विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितिको आयोजनामा र डिभिजन वन कार्यालय पर्साको सहयोगमा पहिलो वार्षिक भेला सफलतापूर्वक पर्सागढी नपा ३ बढनियार राष्ट्रिय बनमा सम्पन्न भएको छ।मधेस प्रदेश वन कार्यालय, जनकपुरका निर्देशक जगन्नाथ जैसवालको प्रमुख आतिथ्यतामा गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरियो।प्रमुख अतिथिको मन्तव्य:
जैसवालले वन संरक्षणमा उपभोक्ता समिति र स्थानीय तहको सहकार्यले ठूला उपलब्धि हासिल गर्न सकिने बताउँदै स्थानीय सम्पूर्णको सहयोगमा चोरी तस्करी नियन्त्रण र अतिक्रमण रोक्नुपर्नेमा जोड दिनुभयो। साथै, निजी वन व्यवस्थापनले वातावरणीय सुरक्षा र सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।कार्यक्रममा पर्सा डिभिजन वन कार्यालय प्रमुख मन्जुर हक अन्सारी, बारा डिभिजन वन कार्यालय प्रमुख राजिव कुमार झा, साझेदारी वन समूहका पूर्व राष्ट्रिय अध्यक्ष रामरुप कुर्मी, सबैया साझेदारी वनका पूर्व अध्यक्ष लखनलाल साह, गढीमाई साझेदारी वन समूहका पूर्व अध्यक्ष शैलेन्द्र यादव, तथा मधेस प्रदेश साझेदारी वन समूहका प्रतिनिधि गणेश साह र सत्यनारायण चौधरीले सफलताको शुभकामना व्यक्त गर्नुभयो। र आयोजकले उहाहरुलाई समान समेत गरेका छन ! प्रशंसनीय योगदानको सम्मान:
साझेदारी वन उपभोक्ता समितिले वन संरक्षण कार्यमा उल्लेखनीय योगदान पुर्‍याएका १५ जनालाई प्रशंसा पत्र, मायाको चिन्ह, फूलमाला, र गम्छाद्वारा सम्मानित गर्‍यो।कार्यक्रममा कोल्हवी नगरपालिकाका मेयर एवं मधेस प्रदेश महासंघका अध्यक्ष रामप्रसाद चौधरीले वन संरक्षणमा सबैको सहकार्य अपरिहार्य रहेको भन्दै सुझाव दिनुभयो।१० वर्षीय कार्ययोजना स्वीकृत:
पर्साको ४० वटा वडामा कार्यक्षेत्र समेटिएको विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितिको १० वर्षीय कार्ययोजना मधेस प्रदेशबाट स्वीकृत भएको उपलक्ष्यमा शुभकामना व्यक्त गरियो।पत्रकार प्रमोद यादव सम्मानित:
नेपाल पत्रकार महासंघ, पर्साका निर्वाचित सदस्य प्रमोद यादवलाई वन संरक्षणमा कलम चलाएको प्रशंसास्वरूप गम्छा फुलमाला मायाको चिन्हनो सहित समान आयोजक संस्थाले गरियो।कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष महम्द रिजवानुल हक अन्सारीले गर्नुभयो। उहाँले वन चोरी तस्करी रोक्नका लागि सबैलाई सतर्क रहन आग्रह गर्दै जनताको दाउरा र काठको आवश्यकता पुरा गर्न समिति सधैं तयार रहेको बताउनुभयो।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रमको संन्चालन सहायक बन अधिकृत रामपुकार यादवले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर