2025-01-22

Close

जनकपुरधाम । धनुषामा दुर्घटना रोकथाम तथा न्यूनिकरणको लागि ट्राफिक प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।

धनुषा ट्राफिक प्रहरी प्रमुख हरिबहादुर वलीले मंगलबारदेखि धनुषा जिल्लाको विभिन्न स्थानमा ट्राफिक सचेतना अभियान गरेको हो । ईन्सपेक्टर वलीले जनकपुरधाम क्षेत्रभित्र आफैँ सचेतनामा सक्रिय भए भने जिल्लाको विभिन्न युनिटलाई निर्देशन दिँदै राजमार्ग र लोकमार्गहरुमा ट्राफिक सचेतना अभियान चलाए ।

अत्यधिक चिसो र हुस्सुको कारण हुन सक्ने सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी बालबालिकाहरुलाई सचेतना दिइएको ईन्सपेक्टर वलीले बताए । उनका अनुसार, सवारी चालकहरुदेखि लिएर साईकल चालकहरुलाई समेत ट्राफिक नियम सम्बन्धि जानकारी गराएको बताए ।

स्कूले बालबालिकाहरुलाई, विद्यार्थीहरुलाई सडकमा रोकेर ट्राफिक चिन्हहरुको बारेमा वर्णन गरिएको जनाए । यसका साथै, विद्यालयहरुमा समेत पुगेर ट्राफिक प्रहरीले ट्राफिक बारे सचेतना दिएको हो ।

सो क्रममा स्कूल बसहरुमा क्षमताभन्दा अधिक बालबालिका राखेको, झ्याल खोलेको सम्बन्धमा सवारीहरुमा अनुगमन समेत गरिएको थियो । अनुमगनबाट कारवाही गरिएको जनाइएको छ ।

बालबालिकाहरुलाई जेब्रा क्रसिँगको बारेमा विशेष रुपमा जानकारी गराईएको इन्सपेक्टर वलीले बताए । उनका अनुसार, जिल्लाको दर्जन बढी स्थानमा सचेतना कार्यक्रम गरिएको हो ।   

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर