विपिन यादव
जनकपुरधाम । मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्महरु मध्ये महिनाथपुर गुल्म सर्बोत्कृष्ट हुन सफल भएको छ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा आयोजित विशेष समारोहमा उत्कृष्ट पुरुस्कार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरलाई प्रदान गरिएको छ ।
उत्कृष्टताको मान्यतासहित पुरस्कृत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले सुरक्षा व्यवस्थापन, अनुशासन, दक्षता, र प्रभावकारी कार्यसम्पादनका क्षेत्रमा अग्रणी भूमिका खेलेको प्रमाणित भएको छ । डिएसपी शंकर दत्त तिवारीको नेतृत्वमा गुल्मले सशस्त्र प्रहरी बलको कार्यादेश बमोजिम पुर्याएको योगदानको सराहना गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका डिआईजी काली दास धौबजीले अवार्ड वितरण समारोहमा सशस्त्र प्रहरी बलको राष्ट्रिय सुरक्षामा योगदान र अनुशासनको प्रशंसा गर्दै उत्कृष्टता कायम राख्न प्रेरणा दिनु भएको थियो ।