जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नगर प्रहरीको लागि भर्ना प्रक्रिया सुरु गरेको छ ।
स्थानीय सरकार गठन भएको झण्डै ७ बर्षपछि कमला नगरपालिकाले नगर प्रहरी राख्ने निर्णय गरेको हो । नगर प्रहरीको भर्नाको लागि पालिकाले सुरुवाती प्रक्रियाहरु सुरु गरेको छ ।
आईतबार कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार मिश्रले जारी गरिएको सूचनामा कमला नगरपालिकाको लागि एक जना असई, एक जना हबल्दार, तीन जना पुरुष जवान र दुई जना महिला जवान माग गरिएको हो ।
नगरपालिकाले विभिन्न शर्तहरु लागू हुने गरी नगर प्रहरी कर्मचारी माग गरेको हो । असईको लागि आवेदन दस्तुर ७०० रुपैयाँ राखिएको छ । हबल्दारको लागि दस्तुर ५०० रुपैयाँ तथा जवानको लागि ४०० रुपैयाँ दस्तुर तोकिएको हो ।
नगरपालिकाले एनआईसी एसिया बैँकको खाता नम्बर सार्वजनिक गर्दै जम्मा गरी विधिपूर्वक आवेदन भर्न माग गरेको हो ।
नगर प्रहरीको लागि निम्नलिखित सूचना