2025-01-29

Close

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी पर्साले संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ । भोलि सोमबारदेखि सुरु हुने संगठन निर्माण रास्वपा जिल्ला कमिटी पर्साको बैठकले माघ १४ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न पर्साको १४ वटै पालिकामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको क्षेत्रिय संयोजक जितेन्द्र मिश्रले जानकारी दिए ।भोलि सोमबारदेखि सुरु हुने संगठन निर्माण एवं विस्तारमा पार्टीको सदस्यता वितरण साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न पालिका समितिहरुलाई सहजीकरण गर्ने जस्ता कार्यक्रम गरिने क्षेत्रिय संयोजक मिश्रले बताए ।’जनताको अवस्था परिवर्तन गरि सुशासन कायम गर्न र भ्रष्टाचार मुक्त गरेर विभेदमुक्त समाज निर्माण्को निम्ति रास्वपाको संगठन तथा सदस्यता वितरण अभियानमा सहभागि भई आफ्नै गाउँ घर टोलबाट सदस्यता लिन र पार्टीमा आबद्ध हुन रास्वपा पर्साले आग्रह गरेको छ ।२०८४ सालको निर्वाचनलाई लक्ष्य गरी पार्टीको आन्तरिक संरचना बनाउने काम भइरहेको रास्वपाका नेताहरू बताउँछन् । विधानअनुसार नै प्रदेशदेखि वडासम्म संगठन चुस्तदुरुस्त बनाउँदै लैजाने रणनीति पार्टीले लिएको उनीहरूको भनाइ छ ।संगठन निर्माणको शैली र प्रक्रिया अरू दलको भन्दा केही फरक रहेको मिश्रको भनाइ छ । ‘धेरै पद बनाउनेभन्दा पनि छरितो समिति बनाउन जोड दिएका छौं, काम गर्न आवश्यक पद मात्रै सिर्जना गरिएको छ, दोहोरो जिम्मेवारी दिएका छैनौं, टीका लगाउनेभन्दा पनि प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व छनोटमा जोड दिन्छौं,’ उनले भने ।पार्टीको आन्तरिक संरचना निर्माण गर्ने, शुभेच्छुकलाई जिम्मेवारी दिने र संसद्मा नागरिकको मुद्दा उठाउने काममा ध्यान दिइएको उनको भनाइ छ ।साथै पर्सामा सञ्चालन हुने संगठन निर्माणका लागि उपसमिति समेत गठन गरिएको छ । रस्वापा केन्द्रिय सदस्य डा नन्दन यादवको संयोजक गठन गरिएको उपसमितिमा हरि पन्त , तुलसी अधिकारी , सुदिश कुमार , कृष्णा पासवान , सुरेश यादव , जितेन्द्र मिश्र लगायतका सदस्यहरू रहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर