2025-01-29

Close

बारा । ईलाका प्रहरी कार्यालय सिमराको हिरासतबाट आइतवार बिहान एक जना थुनुवा फरार भएका छन् । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका जीतपुरसिमरा उपमहानगरपालिका-२ का महेश चौधरी फरार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीलाई रातभर हिरासतमा जम्मा भएको फोहर फाल्न लगाइएको थियो । उक्त क्रममा ड्युटीमा रहेका प्रहरीले ध्यान नदिँदा उनले मौका छोपेर फरार भएका हुन् ।

प्रहरी नायब उपरीक्षक एवं बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले सामान्य प्रकृतिको मुद्दा भएको कारण प्रहरीले आवश्यक सतर्कता अपनाउन नसकेको स्वीकार गरेका छन् । प्रवक्ता सापकोटाका अनुसार चौधरीको खोजी कार्य जारी छ ।

थुनुवालाई पक्राउ गर्न बाराका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन भइरहेको प्रहरी स्रोतले जनाएको छ । यस घटनाले हिरासत व्यवस्थापनमा लापरबाही र सुरक्षाको कमजोरीप्रति प्रश्न उठाएको छ ।

सामान्य मुद्दामा थुनामा रहे पनि फरार थुनुवाले अन्य अपराधमा संलग्न हुन सक्ने आशंका गर्दै प्रहरीले थप सतर्कता अपनाउने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर