काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हालेका छन् ।सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।प्रहरी मुख्यालयले गत शुक्रवार मिश्रसहित १७ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।यसअघि पर्साको कमाण्ड एसपी कुमोद ढुगेलले सम्हालेका थिए । उनको सरुवा प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखामा भएको छ ।