वीरगन्ज १८ माघ
पर्सा प्रहरीले मानव बेचबिखनमा कार्यमा संलग्न रहेको चार जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनार्वाको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार स्थित संचालनमा रहेको होटलहरुमा चेकजाँच गर्ने क्रममा मानव बेचबिखन तथा विभिन्न किसिमको आर्थिक प्रलोभनमा पारी शाररिक सम्पर्क गराई वेश्या बृतीमा लगाईरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा भारतका बरदहिया वडा नम्बर ११ बस्ने मेघराज राय,महोतरी भगहा वडा नम्बर २ टिकुलीया बस्ने बर्ष ३२ को सुक्राती चौधरी,ओख्लढोगा देवाली गाँऊपालिका वडा नम्बर ५ बर्ष ३३को दिपेश राई र बारा जितपुरको मिरा कुमारी महतोलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।पक्राउ परेका चाँर जनालाई मानव बेचबिखन तथा ओसारपोसार ऐनमा मुद्दा चलाएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक सुबास भट्टले बताए।