2025-02-05

Close

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवा पुस्तामा उद्यमशीलताको विकास गरेर स्वदेशमा नै काम गर्ने वातावरणको निर्माणमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

शनिबार नविल बैङ्क तथा मोनाष्टिक विद्यालयको सहकार्यमा जनकपुरधाममा शुरु भएको सामाजिक उद्यमशीलता सम्बन्धि प्रमाणपत्र तहको पठन पाठनको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले स्वदेशमा आफ्नै संस्कृति, संस्कार तथा माटोमा बसेर काम गर्दा युवा पुस्ताले गर्वको अनुभूति गर्न जरुरी रहेको बताए ।

उनले विदेशमा कमाएर पठाएको रकम विलासितामा बढी खर्च भइरहेको भन्दै मुख्यमन्त्री सिंहले ती रकम सङ्कलन गरी उद्योगको विकासमा खर्च गर्न आवश्यक रहेको भने ।

सो कार्यक्रममा नविल बैङ्कका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल राष्ट्र बैङ्क मधेश प्रदेशका निर्देशक डिल्लीराम सुवेदी, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा. सोनु साहलगाइतका वक्ताले आफ्ना कुराहरु राखेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर