2025-02-05

Close

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक, यात्रु र पैदल यात्रीहरूलाई सहयात्रीका रूपमा हेर्नुपर्ने र ट्राफिक नियम पालनासँगै सुरक्षित यात्रामा सबैको सहयोग आवश्यक रहेको बताएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको संख्या उल्लेख्य रूपमा घटेको छ। लामो प्रयास र प्रभावकारी कार्यक्रमका कारण दुर्घटनामा पनि केही हदसम्म कमी आएको देखिन्छ।

मापसे चेकजाँच प्रभावकारी बन्दै
सञ्चालित अभियानका कारण शनिबार र बिदाका दिन दिउँसो पिकनिक स्थलहरूमा मापसे गर्ने प्रवृत्ति घटेको छ। रातको समयमा विशेषगरी ७ देखि ८ बजेसम्म चेकजाँचको सेड्युल लागू गरिएको छ।

तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा मापसेका कारण ६४९ दुर्घटना भएका थिए, जसमा १० जनाको मृत्यु भएको थियो। २०८०/८१ मा ६५० दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए। २०८१/८२ को साउनदेखि हालसम्म ३१६ दुर्घटनामा १६ जनाको मृत्यु भइसकेको छ।

मापसेसम्बन्धी छुट्टै कारबाही व्यवस्था नभए पनि आर्थिक वर्षमा २० करोड ८५ लाख राजस्व संकलन भएको छ। हालसम्म ३ लाख २० हजार २२९ ट्राफिक उल्लंघनका घटनाहरूमा कारबाही गरिएको छ।

नियम उल्लंघन न्यूनीकरणमा प्रविधिको भूमिका
काठमाडौं उपत्यकामा स्वचालित नम्बर प्लेट (ANPR), स्पिड मोनिटरिङ, रातो बत्ती उल्लंघनलगायतका गतिविधि निगरानी गर्न प्रविधि प्रयोग भइरहेको छ। ५५ किमी प्रतिघण्टाभन्दा बढी स्पिडले दुर्घटना बढाएको देखिएको छ। विशेष गरी दुईपांग्रे सवारीसाधनका कारण दुर्घटनामा बढी मृत्यु हुने गरेको तथ्यांक छ।

त्यस्तै, ‘नो हर्न’ अभियान पुनः सञ्चालन गरिएको छ। गलत ठाउँमा हर्न बजाउने प्रवृत्ति हटाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

सचेतना अभियान प्राथमिकता
ट्राफिक प्रहरीले कारबाही मात्र होइन, सचेतना अभिवृद्धि अभियानलाई प्राथमिकता दिएको बताएको छ। ट्राफिक लेन उल्लंघन, रातो बत्ती नमान्ने, गलत ठाउँमा पिक-एन्ड-ड्रप गर्ने सवारीसाधनहरूलाई कार्यालयबाटै निगरानी गरेर कारबाही गरिएको छ।

दुईपांग्रे सवारीसाधन प्रयोगकर्तालाई ‘दुई मिनेट’ अभियानअन्तर्गत ट्राफिक नियमबारे जानकारी गराउने, पैदल यात्रुलाई बाटो काट्ने सही तरिका सिकाउनेलगायतका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

प्रविधिमा आधारित ट्राफिक व्यवस्थापन
हाल कारबाही रकम अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। ट्राफिक नियम उल्लंघन गर्दा प्रहरी देखेर मात्र सचेत नहुने, प्रविधिमार्फत पनि निगरानी भइरहेको हुँदा सवारी चालकहरू थप अनुशासित हुनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीले यात्रुको सुरक्षा नै आफ्नो प्रमुख उद्देश्य रहेको दोहोर्याउँदै ट्राफिक नियमको पालना संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। नियम पालना नगर्दा हुने दुर्घटनाबाट बच्न सबै पक्षको सहकार्य आवश्यक रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर