2025-03-12

Close

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ ।

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आइतबार परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ ।

जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ ।

महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी दिइएको छ ।

परिपत्र अनुसार, मधेश प्रदेशको ईन्चार्ज माओवादीका नेता एवम् पूर्वमन्त्री मातृका प्रसाद यादवलाई दिएको छ । मधेश प्रदेशको इन्चार्ज मातृका यादवलाई बनाएको छ भने सह-ईन्चार्ज योग कुमार बरबरिया श्रवणलाई जिम्मेवारी तोकिएको छ ।

श्रवण बरबरियाका साथै विश्वनाथ साह, प्रहलाद बुढाथोकी र महेन्द्र पासवानलाई सह ईन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, जिल्ला तर्फ धनुषा जिल्ला ईन्चार्जमा समेत योग कुमार बरबरिया श्रवणलाई जिम्मेवारी दिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर