अप्पन जनकपुर
राजविराज । राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पठनपाठन ठप्प गर्ने चेतावनी दिएका छन् ।
गत भदौदेखि हालसम्मको तलब, भत्ता नपाउँदा समस्या भएको भन्दै उनीहरूले विश्वविद्यालयको पठ्नपाठन एव अनुसन्धानका कामहरू नगर्ने चेतावनी दिएका हुन् ।
३० माघसम्म क्षतिपूर्तिसहित तलव, भत्ता नदिए १ फाल्गुन देखी सम्पुर्ण कामकाज ठप्प पार्ने उनीहरूले मधेशका शिक्षा तथा संस्कृति मन्त्रीलाई ज्ञापन मार्फत चेतावनी दिएका छन् ।
यस सम्बन्धमा २८ पुसमा भौतिक रुपमै मन्त्रीलाई ज्ञापन बुझाउँदा पनि सुनुवाइ नभएको उप प्राध्यापक एवं कर्मचारीले बताएका छन् ।