जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको उपाध्यक्षमा राजकिशोर रोहिता यादव चयन भएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले रोहितालाई उपाध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी संगठनका उप-महासचिव थिए ।