2025-03-12

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका छोरा रामभजन दासले आफूमाथी गुण्डागर्दी शैलीमा कुटपीट गरेको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले आरोप लगाएका छन् । मेयर दास र उनको छोराबाट आफू असुरक्षित बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत साहले जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् ।

अधिकृत साहले मेयरको छोराले आफूलाई कार्यकक्षमै कुटेको र मेयरले गोली हान्ने धम्की दिएको आरोप लगाएका हुन् । अधिकृत साहले उनीहरुलाई कारवाही तथा आफूलाई सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

मेयर बेचन दासले अधिकृत दासलाई कुटेको र मैले गोली हान्ने धम्की दिएको हल्ला निराधार रहेको बताए । दासले आफ्नो छोराले अधिकृत साहलाई कुटपीट नगरेको र उल्टै अधिकृत साहले छोरालाई धम्काएको र अपमान गरेको जिकिर गरे ।

धनुषाकै अन्य धेरै पालिकाहरुमा सामाजिक विषयको दरबन्दी खाली छ, त्यहाँ जाँदा हुन्थ्यो नि?? हाम्रो पालिकामा सामाजिक विषयको दरबन्दी खाली छैन, कहाँबाट तलब खुवाउने?? मेयर दासले भने, शिक्षा शाखाका प्रमुखले पनि हाकिमलाई दरबन्दी खाली छैन भनेर भन्यो, अनि उल्टै उसलाई तिमी हाकिम कि म हाकिम भनेर हप्कायो ।

मेयर दासले अगाडि थपे–म श्रीलंका भ्रमणबाट फर्केर काठमाडौँ आइसकेको थिएँ । अनि मेरो छोराले भन्यो सर बुवा काठमाडौँ आइसक्नु भएको छ, निवेदन दर्ता गरेर राखिदिनुस बुवा आएपछि सल्लाह गरेर केही निष्कर्षमा पुग्नुहोला । अनि हाकिमले हु आर यु?? गेट आउट?? भनेर उल्टै टेबुल ठोकेर गाली गर्न थाल्यो । मेरो छोराले पनि त मास्टर डिग्री गरेको छ । म दुई कार्यकाल देखि चुनाव जितिरहेको छु । अनि हाकिमले उल्टै यसरी थर्काउँदा राम्रो हुन्छ त??

हाकिमले जनकपुरधामस्थितको क्वार्टरमा पनि तोडफोड गरेको र गाडीको सिसा समेत आफैँले फुटाएको मेयर दासले आरोप लगाए । मेयर दासले हाकिमले यी सबै घटनाक्रम आफैँले सृजना गरेर मेयरको मान्छेले कुटेको भनेर अफवाह फैलाइरहेकोले यो सबै निराधार रहेको बताए ।

मेयर दासले नागरिक मिररसँग भने, म–कतै हाजिर गर्न नदिएपछि उक्त शिक्षिका यहाँ आएकी थिइन् । पहिले निर्णय त म लिन्छु नि । शिक्षा शाखासँग सोध्दा दरबन्दी खाली नरहेको भनी हाजिर गराउन नसक्ने भन्यो । तर अधिकृतले आफूखुसी हाजिर गराउन मिल्छ??

अधिकृत साह नगरपालिकामा हाजिर भएको मात्रै २६ दिन भएको छ । घटनापछि काममा असन्तुष्टि जनाउँदै नगरपालिकाले मन्त्रालयमा पत्र समेत पठाइसकेको छ । मेयर दासले मंगलबार मात्रै बोर्डको निर्णय गरेर मन्त्रालयमा पठाएको जानकारी दिए । अर्को अधिकृत पठाउन मन्त्रालयसँग माग गरेको उनको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर