2025-03-13

Close

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सरोज यादव शिक्षा सुधार तथा शिक्षक पूर्तिको माग गर्दै नगरपालिकामा रात बिताउन बाध्य भएका छन् । शिक्षाको अभावका कारण विद्यार्थीहरूको भविष्य अन्धकारमय बन्दै गएको भन्दै उनले तत्काल शिक्षक उपलब्ध गराउन माग गरेका छन् ।

वडाध्यक्ष यादवको नेतृत्वमा सोमबार केही विद्यार्थीलाई ट्याक्टरमा राखेर समस्या सुनाउन नगरपालिकामा ल्याइए पनि कुनै सुनवाई नभएपछि उनीहरूलाई घर फर्काई वडाध्यक्ष नगरपालिकामै धर्ना बस्न पुगे ।

फेसबुक लाइभमार्फत वडाध्यक्ष यादवले चेतावनी दिँदै भने, यदि शिक्षक उपलब्ध नगराइए, हामी नगरपालिकामा अनिश्चितकालीन धर्नामा बस्नेछौं । अहिले हामी वडाकार्यालय तथा विद्यालय बन्द गरेर यहाँ आएका छौं । हामी यहाँबाट शिक्षक लिएर मात्रै फर्किनेछौं ।

वडा नम्बर ११ मा आठ कक्षासम्म पठनपाठन भए पनि त्यहाँ शिक्षक केवल तीन जना मात्र रहेका छन्, जसका कारण विद्यार्थीहरूको अध्ययन प्रभावित भइरहेको वडाध्यक्ष यादवले बताए । साथै वार्डमा कम्प्युटर अपरेटरको अभावले पनि स्थानीयवासीलाई सेवा लिन कठिनाइ भइरहेको छ ।

यो समस्या केवल वडा नम्बर ११ मा सीमित नभई, सबैला नगरपालिकाका अन्य विद्यालयहरूमा पनि समान रूपमा देखिएको छ । वडाध्यक्ष यादवले पटक–पटक कार्यपालिका बैठकमा शिक्षक पूर्तिको विषय उठाए पनि कुनै सुनवाई नभएको गुनासो गरे । बाध्य भएर हामी नगरपालिकामै रात बिताउनुपर्यो–उनले भने ।

शिक्षा प्रणालीको सुधारका लागि वडाध्यक्ष यादवको नेतृत्वमा भइरहेको यो आन्दोलनले सबैला नगरपालिकाका अन्य वडाहरूमा पनि असर पार्ने देखिएको छ । स्थानीय तहले यस विषयमा तत्काल पहल नगरे शिक्षाको अवस्था झन् जटिल हुने देखिन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर