2025-03-12

Close

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँगको एकताको शुभखबर चाँडै सुन्न पाइने बताएका छन् ।

‘जनमत पार्टीसँगको एकताको शुभखबर चाँडै सुन्न पाउनुहुन्छ, डा. साहेबसँग कुराकानी भइरहेको छ,’ संरक्षक चौधरीले भने । उनले नाउपा र जनमतका बीचमा त्यति धेरै फरक विचाधारा नभएकाले पनि मिल्न सजिलो हुने बताए। ’हामी विचारधाराका हिसाबले पनि समान छौँ । अरु कुराहरू पनि समान नै छन् ।

हामी दुबै आन्दोलनबाट आएका हौँ। दुबै जेलनेल बसेका हौँ देश र जनताका लागि। दुबै युवा हौँ, त्यही कोणबाट कुराहरू गर्छौँ र बुझ्छौँ । त्यसो भए किन फरक–फरक बस्ने त भनेर हामीले एकताका लागि संवाद अगाडि बढेका छौँ,’ उनले भने । चौधरीले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी देशबाहिर रहेको र उनी फर्केपछि एकताका लागि अन्तिम संवाद हुने बताए ।

सङ्गठनात्मक रूपमा एकीकृत पार्टीको नेतृत्व कसले गर्छ ? भन्ने जिज्ञासामा उनले त्यसमा विवाद नै नहुने जिकिर गरे। ’डा.साबसँग कुरा हुँदा त मैले तपाईं गर्नुस् भन्ने र उहाँले तपाईं गर्नुस् भन्ने भइरहेको छ। त्यसमा विवाद हुँदैन। हामीले पदभन्दा पनि जनताको सेवालाई मुख्य मानेका छौँ,’ उनले भने । उनले यसअघि गत माघ २७ गते नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनको खुल्ला सत्रमा डा. सीके राउत नेतृत्वको जनमतसँग चाँडै एकता हुने बताएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर