2025-03-12

Close

जनकपुरधाम । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एकजना नेपाली गाँजा तस्कर फरार भएका छन् ।

भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका सियाराम साहका छोरा २५ वर्षीय लक्ष्मीनारायण साह शुक्रबार बिहान भाग्न सफल भएका हुन् । बिहान ६ बजे सौच गराउन झरौखर थाना छेउको चौरमा लागिएकोमा गाँजा तस्कर लक्ष्मीनारायणले चौकीदार र प्रहरी लाई झुक्याएर नेपाली सिमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ । झरौखर थानाबाट नेपाली सिमाना दशगज्जा बढीमा ५०० मिटर टाढा पर्दछ ।

उनी भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हथकडी सौच गराउन लागेका चौकीदार राम औतारलाई तत्काल निलम्बित गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

गाँजासहित पक्राउ परेर फरार भएका अभियुक्त लक्ष्मीनारायण साहमाथि झरौखर थानामा एफआईआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिए । यस्तो एफआईआर मुद्दामा अदालतबाट जमानत नपाइने ब्यवस्था रहेको उनको भनाइ छ ।

विआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा लुकाई छिपाई बाराबाट भारत तर्फ लागिरहेकोमा बिहीवार झरौखर चौकस्थित भारतीय सीमासुरक्षा बल एसएसविको सहायक कमान्देन्ट भाग सिंह नेतृत्वको टोली र थानाको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा पक्राउ गरेको थियो ।

चौकीदार निलम्बन भएपछि स्थानीयले झरौखर थाना प्रमुख सई अभय कुमार सिंह पनि दोषी रहेको भन्दै उनको पनि निलम्बन हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर