2025-03-12

Close

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित बघचौडा गाउँका मल्लाह समुदायले आफ्नी कुलदेवी जलकी देवी कमला माईको विशेष पूजा भव्य रूपमा सम्पन्न गरेका छन्।

प्रत्येक वर्ष फागुन महिनामा मल्लाह जातिले जलकी देवीका रूपमा पूजित कमला माईको पूजा गर्ने परम्परा रहिआएको छ। यस वर्ष पनि हंसपुर नगरपालिका वडा नम्बर २ र ३ का मल्लाह समुदायका व्यक्तिहरूले नगरपालिका कार्यालय नजिकै रहेको अरहरी खोलाको किनारमा पूजापाठ गरेका हुन्।

कमला माई पूजा समितिद्वारा आयोजित यस पूजामा श्रद्धालुहरूले भाकल अनुसार सलामी अर्पण, महराई भजन गान तथा देवता खेलाउने परम्परा निर्वाह गरेका थिए। पूजामा मल्लाह समुदायका साथै आसपासका विभिन्न जातिका हजारौं श्रद्धालुहरूको सहभागिता रहेको थियो।

मल्लाह समुदाय परम्परागत रूपमा माछा पालन, माछा सिकार तथा माछा व्यवसाय मा संलग्न छन्। कमला माईलाई जलकी देवीका रूपमा पुजिँदै आएको बताउँदै समितिका सल्लाहकार निर्गुण सहनी भन्छन्, कमला माई हाम्रो समुदायका लागि मात्र नभई, जल स्रोतमा आश्रित हरेक व्यक्तिका लागि महत्वपूर्ण देवी हुनुहुन्छ।

कमला माईको पूजाको अवसरमा श्रद्धालुहरूले फलफूल, प्रसाद, मिठाई, तसमै (खीर), हुक्का, पिनी, तथा मिथिलाञ्चलको प्रसिद्ध माघे प्रसाद (च चिनीको लड्डु) चढाउने परम्परा छ। साथै, कमला माई, कोइलावीर, दयालसिंह र शिवधर पजियार लाई विशेष पूजा गरी खसीको बली चढाइन्छ।

समितिका अर्का सल्लाहकार राजेन्द्र सहनी का अनुसार, कमला माईले मल्लाह समुदायलाई माछा मार्ने पेशामा जल स्रोतमा सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ। यही कारणले हामी पुर्खैदेखि कुलदेवीका रूपमा कमला माईको पूजा गर्दै आएका छौं।

साहित्यकार तथा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी का अनुसार, कमला माईको पूजा केवल जातीय परम्परामा सीमित छैन। यो पूजाले मल्लाह समुदायको पेशागत जीवनसँगै क्षेत्रीय संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ।

यस धार्मिक अनुष्ठानले मल्लाह समुदायको ऐतिहासिक परम्परा जगेर्ना गर्दै उनीहरूको धार्मिक तथा सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास गरिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर