2025-03-12

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले जनकपुरधामका पाँच निजी अस्पतालमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको नेतृत्वमा भएको अनुगमनमा दुई अस्पताल नवीकरण फेल भएका छन् भने दुई अस्पतालमा आवश्यक कागजात नभएको पाइएको छ ।

रेल्वेस्टेशन नजिक रहेको ५० शय्याको जनकपुर सिटी हस्पिटल र धनुषा अस्पताल दर्ता भए पनि नवीकरण फेल भएको पाइएको छ । सिटी अस्पतालमा कार्यरत कर्मचारीको तलब विवरण तथा गरीब, दलित र सीमान्तकृतलाई दिइने छुटसम्बन्धी विवरण आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ । धनुषा अस्पताललाई पनि नवीकरण नगरेकाले आवश्यक कागजात लिएर उपस्थित हुन भनिएको छ ।

कदमचोकस्थित न्युरो सेन्टर र विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालले अनुमति लिएको कागजात देखाउन नसकेकोले आइतबारसम्म कागजात पेश गर्न निर्देशन दिइएको छ । मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता रहेको पाइएको छ ।

यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधामका २६ निजी अस्पतालमा छड्के अनुगमन गरिसकेका छन्, जसमा दर्ता नभएका पाँच अस्पताल बन्द गरिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर