2025-03-12

Close
मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारबीच भेट

धार्मिक पर्यटन विकास प्रयास मजबुत गर्नुपर्नेमा जोड

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाले शुक्रबार शिष्टाचार भेट गरेका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारबीच धर्मसँस्कृति र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ ।
मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिक स्तरमा धार्मिक तथा साँस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवम् दीर्घकालीक बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशमा भारतका भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तरप्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रुचि बढेको उल्लेख गरे । उनले रामायणमा उल्लिखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवम् नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
मुख्यमन्त्री सिँहले केही दिन आफ्नो अयोध्या भ्रमणको प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए । उनले सीताबिना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेहरूलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे । ‘मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीहरूलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधाम लगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु,’ उनले भने ।
मुख्यमन्त्री सिंहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सीमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले समेत भूमिका निर्वाह गरिरहेको चर्चा गरे ।
जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारले नेपालको विकास प्रयासमा भारत सदैव सकारात्मक रहेको भन्दै दुवै छिमेकी देशबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिक स्तरमा समेत सार्थक संवादले निरन्तरता पाउनुपर्ने बताए । उनले सीमा वारपारका जनताबीच सुखदुख दुवैमा समान अनुभूति गर्ने सम्बन्धलाई थप उचाइमा पुर्याउन धार्मिक, साँस्कृतिक र साहित्यिक साझेदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर