अप्पन जनकपुर
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भारत ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा होस्टलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाको छानबिन गर्न माग गरेका छन्।
प्रकृतिको मृत्यु पश्चात् सोधखोज र छानबिनको माग गर्ने सन्दर्भमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाए। नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति संवेदनशील हुन र उनीहरूको अध्ययनलाई निरन्तरताको व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराएका छन्।
‘प्रकृति लम्सालको मृत्युको घटनाको सत्य तथ्य छानबिन र निष्पक्ष अनुसन्धान मार्फत यथार्थ सार्वजनिक गरी दोषी उपर कारबाही गर्न भारत सरकारको ध्यानाकर्षण गर्दछु’ उनले भनेका छन्, ‘प्रकृति लम्सालको मृत्युको घटनाको छानबिन र उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूको पठन/पाठन र सुरक्षाको प्रबन्धका लागी आवश्यक पहलका लागी नेपाल सरकारको ध्यानाकर्षण गर्दछु ।’