2025-04-20

Close

जनकपुरधाम । तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरले राजस्व संकलनको लक्ष्य पूरा गरेको छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२.२ प्रतिशत राजस्व संकलन भएको हो ।

गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार राजश्व संकलन लक्ष्य राखेकोमा ३७ करोड ७४ लाख ५८ हजार राजश्व उठेको कार्यालय प्रमुख कर अधिकृत आनन्द कुमार गुप्ताले जानकारी दिए । यो लक्ष्यभन्दा २२ प्रतिशत बढी हो ।

चालु आर्थिक वर्षको माघ महिनासम्म २ अर्ब ५१ करोड ६० लाख ७५ हजार राजश्व असुल असुल्ने कार्यालयको लक्ष्य छ । जसमा २ अर्ब ५१ करोड १ लाख ३० हजार असुल उपर भएको प्रमुख गुप्ताले बताए । जुन लक्ष्यको शतप्रतिशत हो ।
आर्थिक वर्ष २०७८/०७९ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजश्व उठेको थिएन । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ८६ प्रतिशत मत्र राजश्व उठेको थियो ।

त्यस अघिल्लो आ.व. २०७८/०७९ मा लक्ष्यको ९४ प्रतिशत, उठेको थियो भने आ.व.२०७९/०८० मा ९३ प्रतिशत उठेको थियो ।

सेवा प्रवाहमा व्यापक सुधार, सरकारी कार्यालय, अर्धसरकारी कार्यालयहरू र विभिन्न संस्थाहरूको टिडिएस रकम समयमा दाखिला गर्न सञ्चार, समन्वय र ताकेता गर्दा लक्ष्य अनुसार राजश्व उठेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।

उनका अनुसार आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट सुविधाहरूको व्यापक रूपमा प्रचारप्रसार र धनुषा जिल्लाभरिको १७ वटै पालिकाहरूमा ननफाइलर करदाताहरूको सूचना टाँस गरिएको थियो ।

यस्तै बल्क एसएमएस, टेलिफोन र पत्राचार समेत गरिएको, सूचनामा आधारित बजार अनुगमन र अन्तःशुल्क प्रतिष्ठानहरूको नियमित निरीक्षण गरिएको, बक्यौता र बेरुजुलाई प्राथमिकतामा राखी कार्य गरिएको साथै सेक्टर छुट्याएर वस्तुगत व्यवसायीहरूलाई कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर