2025-04-20

Close

जनकपुरधाम । नेकपा एमालेमा सबै भन्दा ठूलो पद पाएका रघुवीर महासेठको उल्टो गिन्ती शुरु भएको छ । पार्टीका सचिव रहेका नेता महासेठ भन्दा पहिला त्यहा सम्म कोही पनि पुग्न सकेका थिएन् । एमालेका तत्कालीन नेता रामचन्द्र झा सबै भन्दा ठूलो पद पोलिटव्युरो सदस्य सम्म पुगेका थिए ।

तर, रघुवीर महासेठलाई तह लगाउने योजना नेकपा एमाले भित्र बनि रहेको छ । नेकपा एमाले विभाजन हुँदा उनले केपी ओली नेतृत्वमै रहने भएपछि उनलाई पार्टीको सचिव बनाइएको थियो । केही दिन पूर्व पार्टीका प्रदेश इन्चार्जकालागि रघुवीरले मधेश प्रदेश रोजे पनि उनलाई कोशी प्रदेश पठाइ नेता लीलानाथलाई मधेश प्रदेशको इन्चार्ज बनाइएको थियो ।

लीलानाथलाई मधेश प्रदेश इन्चार्ज बनाइए पछि असन्तुष्ट रघुवीर लीलानाथलाई जसरी भए पनि असफल बनाउनकालागि मधेश प्रदेशमै गुटबन्दीमा लागेका छन् । हरेक पालिका देखि जिल्ला तथा प्रदेश तहमै रघुवीरले गुटबन्दी गरे पछि लीलानाथले पार्टी अध्यक्ष केपी ओलीलाई रिपोर्टिङ्ग गरेपछि ओली पनि रघुवीरबाट गुटबन्दीलाई लिएर असन्तुष्ट रहेको पार्टी स्रोतको दावी छ ।

स्रोतका अनुसार तोकिएको जिम्मेवारी पुरा गर्नु भन्दा बढी अन्य नेताको जिम्मेवारी क्षेत्रमा आएर रघुवीरको हस्तक्षेप पार्टीलाई स्वीकार्य नहुने चेतावनी ओलीले रघुवीरलाई दिइसकेका छन् । रघुवीर महासेठकै कारण २०८० चैत महिनामै सम्पन्न गर्ने गरी तोकिएको नेकपा एमाले सिरहा जिल्ला अधिवेशन पटक–पटक सारिएको छ । ठीक एक वर्ष व्यतीत भएको छ । यस पटक भने २०८१ चैत ९ र १० गते सिरहा सदरमुकाम सिरहा बजारमा जिल्ला अधिवेशन हुने तय भएको छ । नेकपा एमालेका स्थायी समिति सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले मन बदलिएनन् र रघुवीरले जालझेल गरेन भने सो मितिमा अधिवेशन सम्पन्न हुने र नेतृत्व चयन हुने पक्कापक्की छ ।

जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायत जिल्ला कमिटीमा आफ्नो पक्षका व्यक्ति ल्याउन नेकपा एमाले केन्द्रिय कमिटी सचिव रघुवीर महासेठ र स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ बीच रस्साकस्सी चलेको छ । मधेशमा नेकपा एमालेमा दुई गुट देखापरेको छ । एक गुटको नेतृत्व रघुवीर महासेठले गरेका छन् भने अर्को गुटको नेतृत्व नेता श्रेष्ठले गरेका छन् । जिल्ला कमिटीमा आफ्नो पक्षको बाहुल्य कायम गर्न दुबै नेता बलबुता लगाइरहेका छन् ।

लीलानाथ श्रेष्ठले पार्टीको पक्षका इमान्दार र कर्मठ व्यक्तिलाई अध्यक्ष बनाउन चाहेका छन् । पार्टीमा समय लगानी गरेको र पार्टीकालागि अहोरात्र खट्नेलाई जिम्मेवारी दिने तरखरमा लीलानाथ देखिएको तर, रघुवीर आफ्ना पक्षधरलाई पार्टीका जिल्ला अध्यक्ष बनाउन चाहेका छन् ।

सिरहामा ९ वटा पालिकामा एमालेले जितेको छ । सिरहामा जितेका जनप्रतिनिधिहरु एमाले प्रति प्रतिवद्ध छन् तर रघुवीरले त्यहा गुटबन्दीलाई जोडतोडका साथ अगाडि बढाएका छन् । रघुवीरको नजर अहिले ७ जना मेयर र अध्यक्षमाथि छ । त्यसैगरी जिल्लाका महत्वपूर्ण र प्रभावशाली नेताहरुमाथि पनि रघुवीरको नजर छ र गुटमा आवद्ध गर्न हर सम्भवन प्रयासरत्त छन् ।
रघुवीरको यस गुटबन्दीको बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सवै जानकारी छन् । पार्टीका एक नेताले भने–रघुवीर जीको गुटबन्दीले पार्टीका नेता कार्यकर्तामा व्यापक असन्तुष्टि छ, छिट्टै समाधान हुन्छ नत्र रघुवीर जीलाई आगामी दिनको लागि तयार बस्नुपर्ने हुन्छ ।

एमालेका एक वरिष्ठ नेताले भने–नेकपा एमाले भित्रको रणनीतिलाई मधेशका नेताहरुले बुझ्न सकेको छैन् । रामचन्द्र झा एमालेका एक होनहार र पार्टी भित्र पकड बनाएका नेता थिए तर, जुन प्रकारले उनलाई पार्टी छाड्न बाध्य गर्न रघुवीर महासेठलाई प्रयोग गरियो त्यसरीनै रघुवीर महासेठलाई तह लगाउन प्रपञ्च शुरु भई सकेको छ । लीलानाथ विरुद्धको गुटबन्दीले रघुवीरलाई ठूलो समस्याको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

रघुवीरलाई कोशी प्रदेशको इन्चार्ज तोकिएको छ तर उनले मधेश प्रदेशमा खडा गर्नलागेको गुटले पार्टीले थालेको मिसन, २०८४ प्रभावित पर्न सक्ने भएकाले रघुवीरलाई पार्टी हाइकमानले चेतावनी समेत दिइ सकेको स्रोताको दावी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर