अप्पन जनकपुर
जनकपुरधाम । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालका शहिदनगर नगरपालिका अध्यक्ष मनोज मण्डल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मण्डललाई मंगलबार नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य सन्जिब झाले अबीर तथा गम्छा ओढाएर पार्टी प्रवेश गराए ।
प्रवेश कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैत, कमला नगरपालिका नगरअध्यक्ष दिपेन्द्र यादव, शहिदनगर नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष तनुकलाल कुसयैत, एकवाल यादव, लालेश्वर यादवलगायतको उपस्थित थियो ।