2025-04-19

Close

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली अभियान नेपाली मोडेल भएकाले यसलाई सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद धनुषाको छैटौँ जिल्ला अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान प्रधानमन्त्री एवं सरकारले घोषणा गरेको सो अभियान अनुसार मुलुकमा विकास निर्माण सहितको काम भइरहेको बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउन बुद्धिजीवीहरूको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामुदायिक विद्यालय, कलेजको अवस्था कमजोर भएको, कृषि क्षेत्र पछाडि परेको र मुलुकका धेरै कृषि योग्य जग्गा बाँझो अवस्थामा नै रहेकाले यी सबैको सुधारका लागि बुद्धिजीवीहरू गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरीयाले देश बनाउने अभियानमा नेकपा एमाले नेतृत्वको सरकार लागिपरेको बताउँदै यसको उदाहरणको रुपमा रहेको सुरुङ मार्गको निर्माण, सडक, रेल तथा अन्य क्षेत्रमा धेरै राम्रा राम्रा काम भइरहेको बताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद धनुषाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का प्रदेश अध्यक्ष डा. अर्जुन सिंह, नेकपा एमाले धनुषाका उपाध्यक्ष भोला यादव, प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर