2025-03-11

Close

वीरगन्ज २४ फाल्गुन

पछिल्लो समय एनआरएनएको दुइ पक्षबीचको झगडाको मिलापत परै जाओस्, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं, एकथरीलाई बेमौसमी चुनाव र अधिवेशनको हतारो छ भने अर्काथरी देश विदेशका गल्ली–गल्लीमा बरालिँदै छरपष्ट भेला हुने धन्दामै रमाइरहेका छन् ।

विदेशमा रातदिन पसिना बगाएर, बिहान–बेलुका मुख जोर्ने संघर्ष गर्दै प्रवासी नेपालीहरूले एनआरएनएको नाममा पठाएको करोडौं रुपैयाँको कुनै ठोस हिसाब छैन । एनआरएनएको BLD को अवस्था अन्योलमै छ । लाप्राकमा बनेका घरहरू प्रयोगविहीन हुँदै जिर्ण बन्दैछन् । ती संरचनालाई पुनः उपयोगमा ल्याउने कुनै स्पष्ट योजना देखिँदैन ।

यतिका वर्षसम्म बनेका सबै नेतृत्वहरूले पद र शक्तिको दुरुपयोग समेत गरे । कसैले पाँचतारे होटल बनाएको, कसैले निजी अस्पताल खोलेको, कसैले निजी बैंक स्थापना गरेको त कसैले ठूला जलविद्युत् परियोजनाहरू आफ्नो स्वार्थअनुसार हात पार्ने प्रयत्न गरेको आरोपहरू खेपिरहनु परेको छ ।

तर, करिब ८० लाखभन्दा बढी गैर-आवासीय नेपालीहरूको हक, हित र राष्ट्रिय उन्नतिको लागि सोच्ने फुर्सद कसैलाई भएन ।

मुख्य लज्जास्पद कुरा के छ भने, २०२१-२३ का केही नेतृत्व लाई २०२३-२५ का मुख्य नेतृत्व उम्मेदवारहरूबाट आफ्ना राजनीतिक स्वार्थ मिल्ने टिम निर्माण समेत आफै गरीदिएर चुनाव समेत जिताइदिने सर्तमा करोडौं रुपैयाँ असुलेको तर अर्को टिमसँग त्यो भन्दा बढी रकम असूलेर जिताउनतिर लागेको बेइमान जस्तो गम्भीर आरोप समेत खेप्नुपरेको छ ।

यसरी चुनावलाई व्यापार बनाउने, पदलाई कमाउने माध्यम बनाउने र संस्थालाई व्यक्ति विशेषका स्वार्थअनुसार चलाउने प्रवृत्तिले एनआरएनए आज संकटमा परेको छ ।

अब प्रवासी नेपालीहरूका लागि संस्थालाई सही मार्गमा ल्याउने बेला आइसकेको छ । एनआरएनएको पवित्र विधानमा लेखिएको उद्देश्य अनुरूप सम्पूर्ण गैर-आवासीय नेपालीहरूलाई एकीकृत गर्दै, प्रवासबाट श्रम, सीप, पुँजी, र ज्ञानलाई नेपालमा भित्र्याउँदै राष्ट्रिय समृद्धिको अभियान अघि बढाउनुको विकल्प छैन ।

अब हुने एकताको अधिवेशनमा हतार नगरी, समय लिएर भए पनि सही नेतृत्व चयन गर्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, उद्देश्य र परिणाममुखी सोचका साथ अघि बढे मात्र एनआरएनएको भविष्य सुरक्षित हुन सक्छ, र प्रवासी नेपालीहरूको हितको लागि सम्भव छ।

लेखक : शिव प्रसाद पौडेलनिवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर