2025-03-11

Close

जनकपुरधाम । जनकपुरधामको चर्चित श्री महाविर युवा कमिटिको अध्यक्षमा दिपक साह मिन्टु निर्वाचित भएका छन् ।

शनिवार भएको मतदानमा कुल ४ सय ७ मतदाता मध्ये ३ सय ४० मत खसेकोमा विजयी भएका दिपक साह (मिन्टु) १ सय ७१ र उपविजेता दिपनारायण साह १ सय ६७ मत प्राप्त गरेका छन् । उनीहरु बिचको जित र हारमा मात्र चार मतको मतान्तर छ ।

त्यसै गरि उपाध्यक्षमा अनिल कुमार साह विजयी भएका छन् । उनले २ सय १६ सर्वाधिक मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी रञ्जित कुमार साह १ सय ११ र सतिश चन्द्र साह १२ मत पाएका छन् । महासचिवमा भरत कुमार साहले बाजी मारेका छन् । उनले १ सय ५५ ल्याउँदा रञ्जन जयसवाल १ सय ११ र सन्तोष कुमार साह ७१ मत प्राप्त गरेका छन् ।

सचिवमा १ सय ५५ मत सहित प्रदिप कुमार साह विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार भगतले १ सय ८ मत र भुल्ला कुमार नागवंशी ७५ मत ल्याएका छन् । कोषाध्यक्षमा अनिल कुमार प्रसाद पण्डा जी २ सय २६ मत पाएर निर्वाचित भएका छन भने उनका प्रतिस्पर्धी नितेश जयसवाल १ सय १४ मत प्राप्त गरेका हुन ।

पाँच पदाधिकारी र ६ कार्यकारी सदस्य सहित कुल ११ सदस्सीय कार्यसमितिका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा थिए । अध्यक्षमा दुई, उपाध्यक्षमा तिन, महासचिवमा तिन, सचिवमा २, कोषाध्यक्षमा दुई र ६ सदस्यका लागि ८ जना उम्मेदवार बनेका थिए । जनकपुरधामको प्रसिद्व श्री राम र श्री राजदेवी मन्दिरको व्यवस्थापन सहितको सम्पुर्ण अभिभारा कमिटिको जिम्मामा रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर