2025-03-11

Close

वीरगंज२७फाल्गुन
ईलाका प्रहरी कार्यालय भोजपुरका बोयाङ दरबन्दी भएका प्रहरी हवल्दार बच्चा यादव आर्थिक तांडव मच्चाएका छन।दरबन्दी भएको ठाऊमा फिर्त नगई अहिले ईलाका प्रहरी कार्यलय कोल्हबीमा कार्यरत रही प्रहरी हवल्दार यादवले आर्थिक आंतक अहिले सो क्षेत्रमा सर्बसधारणहरु आतंकीत भएको समाचार प्राप्त भएको छ ।ईलाका प्रहरी कार्यालय कोल्हबीबाट सदापोशाकमा सुचना संकलनमा खटाएको यादव मातहत भित्र रहेका किराना, मदिरा पसलहरुमा पुगी मासिक रकम उठाउने गरेको पिडीतहरुले जानकारी गराएका छन । प्रहरी हवल्दार यादवले सूचना संकलनको बहानामा आर्थिक संकलनमा व्यस्त रहने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।प्रसौना,कोल्हबी,सपही, जुगवा लगायतका ठाउँमा संचालित अवैध रक्सी भट्टीहरुसंग महिनावारी रकम लिने गरेका छन ।प्रहरी हवल्दार यादवले भारतको घोडासाहनबाट कोल्हबी र निजगढ अवैध रुपमा समान ओसार्ने लगाएतको तस्करहरुसंग लाखौं रुपैयाँ असुल्ने गरेको एक व्यापारीले बताए ।
त्यसैगरि ईलाका प्रहरी कार्यालय कोल्हबीको मातहत रहेको प्रहरी चौकी मुसहर्ना,प्रहरी चौकी बारागढि,इ.प्र.का सिहोर्वा,प्रहरी चौकी मधुबन र
प्रहरी चौकी झुरझुरेबाट ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख एवम प्रहरी निरीक्षक किसन बस्नेत देखि एसपी र डिआईजी समेतको नाऊमा चौकी देखि व्यापारी सम्म लाखौं रुपैया असुल्ने गरेको प्रहरी स्रोतले दाबी गरेका छन्। विगत एक बर्षदेखी ईलाका प्रहरी कार्यालय कोल्हबीमा कार्यरत रहेका प्रहरी हवल्दार यादवले सदा पोशाकमा खटि सिमानाकामा
हुने विभिन्न किसिमको अवैध सामान ओसारपोसार गर्न व्यापारी तथा मदिरा भठ्ठीहरुबाट लाखौं रुपैया ईन्सपेकटर देखि एसपी सम्मको रकम असुल्दै आएको प्रहरी प्रधान कार्यालय काठमाडौमा उजुरी पटकपटक आवशय कार्यबाहीको लागि दिएपनि केही कार्यबाही नभएको स्थानियहरुको गुनासो गरेका छन।प्रहरी हवल्दार यादवको दरबन्दी ईलाका प्रहरी कार्यालय बोयाङ भोजपुर भएपनि उनी लामो समय देखि बारामा ईलाका प्रहरी कार्यालय कोल्बहीका प्रमुख बस्नेत को आर्शिवादले बस्दै आएका छन।पटकपटक प्रहरी प्रधान कार्यालय बाट दरबन्दी भएको ठाऊमा फिर्त जान निर्देशनआईजीपी बसन्त कुवरलेले दिदै आएपनि निर्देशन विपरीत उनी बारा जिल्लामा बस्दै आएका छन्।
यस्ता गतिविधि तर्फ सम्बन्धि निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर