जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ भठियनमा चोकको नामाकरण विषयमा विवाद भएपछि दुई पक्षबीच झडप भएको छ ।
एक पक्षले यादव चोक नामाकरण गरेपछि अर्को पक्ष विरोधमा उत्रेको हो । दुई पक्षबीच आपसमा भिडन्तमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था सामान्य पारेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड आश्रुग्याँस प्रहार गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले पनि २ राउण्ड आश्रुग्याँस प्रहार गरेको पुष्टि गरे ।
उनले चोकको नामाकरणको विषयमा विवाद चर्केपछि झडप भएको र अहिले अवस्था सामान्य पार्न ठूलो संख्यामा प्रहरी परिचालन भएको जानकारी दिए ।