2025-03-17

Close

जनकपुरधाम । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ ।

जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमार्डौ जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा रिक्सा चालक लक्ष्मिनियाँ गाउँपालिका ७ का सुरेश यादवका छोरा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार रिक्सामा सवार लक्ष्मिनिया ७ कै २० वर्षीय शिवम साह र सतीश सदा घाइते भएका छन । घाइतेहरुको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।

एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ । एम्बुलेन्समा रहेको बिरामीलाई अर्को एम्बुलेन्सबाट काठमाडौं पठाइएको प्रहरी निरीक्षक सिंहले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर