काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २५ करोड रुपैयाँबराबरको रकम बरामद गरेको हो ।
ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा नेपाली, अमेरिकी डलर र युरोलगायत छन् ।
ट्रकमा लोड गरेर राखिएको अबस्थामा नेपाल प्रहरीले काठमाडौंबाट नेपाली २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको हो ।
ट्रकबाट युरो र अमेरिकन डलर बरामद भएको र पक्राउ पर्नेमा ट्रकका चालक सहित दुई जना रहेपनि रकम कुन प्रयोजनका लागि ट्रकमा राखिएको हो खुल्न बाँकी नै रहेको काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयले जनाएको छ ।