2025-03-18

Close

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ भठियनमा यादव चोकको बोर्ड लगाएपछि उत्पन्न विवाद समाधान गर्न दुबै पक्ष पाँच बुँदै सहमति गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाको अगुवाइमा दुबै पक्षबीच पाँच बुँदै सहमति भएको हो । सहमती अनुसार नामाकरण गरिएको यादव चोक नाम रहने छैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सबैला नगरपालिकाले दुई महिनाभित्र नामाकरण गर्ने र सो सम्बन्धमा नगरपालिकाले जिल्ला सुरक्षा समितिलाई आवश्यक परेको बेला आमन्त्रितको रुपमा सहभागी गराउने सहमती भएको छ ।

चोकको नामाकरण गर्ने विषयमा दुई पक्षबीच विवाद चर्केपछि पटक पटक झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार प्रहरीले चलाएको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाईते छन् । उनको उपचार काठमाडौंमा भइरहेको छ ।

घाईते यादवको सम्पूर्ण उपचार तथा क्षतिपूर्तिको लागि जिल्ला सुरक्षा समितिबाट निर्णय गरी मन्त्रालयलाई सिफारिस गरी पठाउने पनि सहमति पत्रमा उल्लेख छ । सो घटनाको सम्बन्धमा जिल्ला प्हरी कार्यालयको डिएसपीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार गर्ने पनि सहमति भएको छ ।

यस्तै चोकको नामाकरण नहुँदासम्म सम्बद्ध सबै पक्ष संयमित रहि सबैले एक अर्काप्रति सम्मानजनक व्यवहार गर्न दुबै पक्ष सहमत भएका छन् । योसँगै आन्दोलन पनि स्थगित भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर