जनकपुरधाम । आजदेखि एसईई परीक्षा सुरु भएको माध्यमिक परीक्षा (एसईई) अन्तरगत धनुषा जिल्लाको शिक्षा विदेह नगरपालिका ६ तिनकौरियास्थित श्री जनता नमूना मावि गिद्वा-बेलापट्टिमा पूर्ण रुपमा परीक्षा भएको छ ।
श्री जनता नमूना मावि गिद्वा बेलापट्टिका केन्द्रका अध्यक्ष पवन कुमार मण्डल सो परीक्षा केन्द्रमा मावि खजुरी, मावि मडान, मावि बफै र मावि माची झिटकोहियाका विद्यार्थी सहभागी थिए । केन्द्र परीक्षामा जम्मा २५५ विद्यार्थी दर्ता भएका, जसमा २४५ जना विद्यार्थी उपस्थित छन् ।
परीक्षा सुव्यवस्थित रूपमा अवस्थित गर्न सुरक्षाकर्मी र परीक्षा व्यवस्थापन समितिले आवश्यक व्यवस्था मिलाइ केन्द्र निर्देशक मण्डलले जानकारी दिए । परीक्षा अवधिभर कुनै घटना नघटेको र विद्यार्थीले सहज रूपमा परीक्षा दिएका थिए ।
आज देखी सुरु हुने एसई परीक्षा आगामी चैत १९ गते सम्म हुनेछ ।