2025-04-14

Close
नक्कली बाबु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएका अमानत मियाँ पक्राउ

वडाध्यक्ष र सचिवलाई भने जोगाउन खाेजिएकाे स्थानीयकाे आशंका

जनकपुरधाम । नक्कली बुवा बनेर भारतीय नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका ३ का अमानत मियाँ छन् । उनलाई मंगलबार पक्राउ गरेको सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले पुष्टि गरेका छन् । यो प्रकरणमा केही व्यक्ति फरार रहेको बताए ।

भारत विहार राज्यको मधुवनी जिल्ला जयनगर ग्रामपञ्चायत देउधा टोलका मोसताक मियाँले अमानतलाई बुवा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता बनाएको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।

मोसताकलाई नेपाली नागरिकता बनाइदिन नरहा गाउँपालिका-३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलको पनि मिलेमतो रहेको स्थानीयको आरोप छ । स्थानीयले उनीहरूमाथि आर्थिक लेनदेन गरी भारतीयलाई नागरिकताका लागि सिफारिस गरेको आरोप लगाउँदै स्थानीयले जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।

उजुरी परेको लामो समयसम्म प्रशासनले अनुसन्धान तथा कारवाही अगाडी नबढाएपछि स्थानीयले नेपाल प्रेससँग सम्पर्क गरेका थिए । समाचार आएपछि जसपा नेपालका सांसद राजकिशोर यादवले सदनमा पनि कुरा उठाए ।

प्रहरीले बल्ल नक्कली बुवा बनेका अमानतलाई पक्राउ गरेको छ । तर, नागरिकताका लागि सिफारिस दिने वडाध्यक्ष र वडासचिवलाई प्रशासनले बचाउने खेलमा लागेको स्थानीयको आरोप छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर