2025-04-02

Close

काठमाडौं । नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने, उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी दिपक थापाले बताएका छन ।

जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार नेपाल प्रहरीको प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै थापाले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्‍याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका प्रहरी प्रमुख आईजीपी थापा सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित भएका छन् । आईजीपी थापाले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न गरेका पहलले उहाँलाई एक सफल आईजीपीको रूपमा हेरिएको छ ।

नेपाल प्रहरीलाई कमजोर बनाउने विभिन्न व्यवधानका विरुद्ध लड्न सक्ने क्षमता भएका उहाँले आत्मविश्वासका साथ देश र जनताको लागि कार्य गर्दै आउनु भएको छ । राजनीतिक हस्तक्षेपमा पनि कर्मयोगी बनेर कार्य सम्पादन गरेका आईजीपी थापा एक निडर प्रहरी अधिकृत हुन् । २९ वर्ष लामो पेशागत यात्रामा थापा थुप्रै महत्वपूर्ण मोर्चाको कुशलतापूर्वक कमान्ड सम्हालेका छन् ।

स्वदेशी तथा विदेशी तालिम प्राप्त आईजीपी थापाले सिकेका ज्ञान र सीपलाई कार्यकुशलतापूर्वक प्रहरीमा लगाउन सके अझ बढी फलदायी हुने आशा आमजनमानसले गर्न थालेका छन् । उहाँ जस्तो कुशल नेतृत्वबाट देशले काचुली फेर्ने धेरैको अनुमान छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सुक्ष्म रूपमा अध्ययन गर्नेे उहाँ प्रहरीका लागि उदाहरणीय पात्र बन्नु भएको छ । देश विदेशको तालिमबाट प्राप्त ज्ञानलाई प्रयोग गरेर सम्पूर्ण प्रहरी संगठनलाई नै बलियो र चुस्त बनाउने काम उहाँबाट भएको छ । बेथिति, अपराध र गुन्डागर्दीप्रति शून्य सहनशीलता अपनाउने आईजीपी थापाले अपराधीहरूलाई तह लगाएउनु भयो । प्रहरी अपराध महाशाखा प्रमुख हुँदा थापाले काठमाडौं उपत्यकाको हप्ता असुली, अपहरण, बन्धक बनाएर वा धम्काएर चन्दा असुली कार्यलाई नियन्त्रणमा लिनु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर