2025-04-09

Close

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै दिपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । उनी दुबैजना सिरहा प्रहरीको नियन्त्रणमा रहेको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले पुष्टि गरे ।

उनले सोधपुछका लागि बोलाएपछि उनी दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको पनि बताए । उनका अनुसार उजुरी भने अझै परेको छैन् ।

अगामी चैत १७ गतेदेखि महायज्ञ सुरु हुने भनिएको छ । महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गापा अध्यक्ष यादवले भत्काएका थिए । साथै त्यहाँको माटो समेत अछुत भएको भन्दै दुई फिट माटो समेत हटाएको आरोप पनि लागेको छ ।

दिपकको पक्की घर भत्काएर अहिले उनका लागि एकान्तमा लगेर फुसको घर बनाइदिएको छ । जहाँ न बत्ती छ, न खानेपानीको सुविधा । शोचालय समेत छैन् । अहिले उनको सात जनाको परिवार अन्ध्यारोमै रात विताउन बाध्य छन् ।

महायज्ञको नाममा अछुत भन्दै दिपकलाई उठिबास लगाएको समाचार विभिन्न मिडियामा आएपछि संघीय र प्रदेश दुबै संसदमा सांसदहरुले आपत्ति जनाएका थिए । सांसदहरु आरोपीहरुलाई अबिलम्ब पक्राउ गरी अनुसन्धान तथा कारबाही गर्न माग गरेको थियो ।

दलितमाथि अत्याचार गरिएको घटनालाई सामान्य रुपमा लिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई तानिसकेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर