विपिन यादव जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वार्ड नं. ८ बिसरभोरा निवासी ९० वर्षिय जिबछ रोहिता यादवको निधनको पुण्यतिथीमा ऐतिहासिक भोज गरिएको छ । घोषिन यादव समुदायको एकसभाको भोज बुधबार सम्पन्न गरिएको हो ।
सभा माईजन स्वा. जिबछ रोहिता यादवका तीन छोराहरु सत्यनारायण रोहिता यादव, सत्यदेव रोहिता यादव र भोगेन्द्र रोहिता यादवले गरेको भोज ठूलो भोज भएको माईजन (घोषिन यादव समुदायका) यादवले जानकारी दिए ।
तीनभाई छोराहरुले बुवाको निधनमा स्वर्गमा बास र आत्माले चिरशान्ती पाउने तथा निधन पछि पनि देशविदेशमा चर्चा हुने भएकाले मृत्यु संस्कारमा गरिने भोज गरेको रोहिता यादवले बताए । यादवले यो भोजलाई नेपाल र भारतका यादवहरुको कुम्भको संज्ञा दिएका छन् ।
आफ्नो बुवाको निधनमा अर्का समाजसेवी सत्यदेव रोहिता यादवले एक सभाभोज गरेको ११ वर्षपछि बिसरभोरामा एक सभाको भोज गरिएको रोहिता यादवले बताए । तीन दाजुभाईले आफ्ना पितृको उद्धारका लागि १० लाख रुपियाँ खर्चेर ५ हजार भन्दाबढी यादव र अन्य जातिलाई सभाभोज खुवाएका छन् ।
त्यसरी भोज खुवाउँदा पितृ तर्ने र स्वर्गलोकको वास हुने विश्वास रहेको छ । तराई मधेसमा बस्ने घोषिन यादव समुदायले मरन कार्यमा यसरी भोज खुवाउने प्रचलन रहेको छ ।
धेरैले सामान्य हिसाबमा भोज खुवाए पनि केहीले निकै ठूलो धनराशि खर्च गरेर भोज खुवाउने यादव समुदायमा चलन छ । तीन दाजुभाईले १० लाख बढी रकम खर्च गरेर भोज खुवाएका छन् ।
घोषिन यादवले भोज खानका लागि धनुषा, सिरहा र भारत बिहारको जयनगरबाट समेत निम्तालु आएको जानकारी दिए ।
मधेशी तथा घोषिन यादव सामुदायमा विवाह, मृत्यु र जन्मोत्सवका अवसरमा गरिने भोजलाई निकै महत्वका साथ हेरिन्छ । यादव जातिमा यादव, जादव, रोहिता, बिराजी, अरगरिया, गोढान, गोईत, छिटान, खड्गा, मरबैता, भुसकुलीया, मरिक, कोडगीया, महत्वान, बनरैत, लगरबार, लहोठिया, भिन्दवार, कुसियैत, सुनरैत, मटियैत, खेरबार, बहरखेर, किसनौट, मजरैट, दहियार लगायतका जाति छन् ।
तराई मधेसमा बसोबास रहेको घोषिन यादवहरूले प्रायः गरेर भोजलाई आफ्नो प्रतिष्ठासंग जोडेर हेर्ने गर्छन् ।
धेरैजसोले यति ठूलो राशि खर्च गरेर भोज गर्न नक्सने भए पनि केहीले भने भोजको परम्परालाई निरन्तरता दिइरहेको नेकपाका नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले बताए । उनी भन्छन्, ‘भोजमा लाखौं रुपियाँ खर्च गर्न तयार हुने यादव छोराछोरीलाई शिक्षा दिने विषयमा भने पछि रहेका छन् ।’
मधेशी समुदायको व्यक्तिको मृत्यु भएको दशौं दिनदेखि तेह्रां दिनसम्ममा भोज गर्ने परम्परा रहेको उनले बताए ।
माईजन सत्यनारायण रोहिता यादवले आफ्नो सभा भोज गर्नेहरूको घरमा गएर १० गाउँका यादवलाई निम्तो दिने र बोलाउने काम गर्छन् ।
घोषिन यादव सभाभोजमा ३०० जना बारिकहरु पस्कने अनि खुवाउने जिम्मा लिएका थिए ।
भोजको दुई दिनअघि प्रत्येक गाउँका माईजन गाउँका मुखियालाई भेला बोलाई भोजको विषयमा जानकारी दिने र निम्तोका लागि सुपारी दिने गरिन्छ । सुपारी पाएका मैनजनहरूले आफ्नो गाउँमा घरघरमा गएर भोजको निम्तो दिन्छन् ।
भोजमा दाल, भात, तरकारी, फापर, पुलाउ, दही, झवका, चटनीलगायत मिष्ठान्न तयार गरिन्छ । भोजमा महिलाको भने सहभागिता हुँदैन । जातीय एकताका लागि भोज प्रथाको निकै महत्व रहेको बताए ।
मृत्यु संस्कृति होस वा बिकृति । मृत्यू पश्चात हिन्दु धर्म ग्रन्थ अनुसार क्रिया सम्बन्धि कार्य सम्पन्न गर्दै क्रियाको श्राद्धमा १० लाख बढीको लगानिमा एक सभाको भोज गरेको भोजीले बताए ।
बुधबार आयोजना गरिएको एक सभाको भोजमा माईजन र देवानको माध्यमबाट निमन्त्रना पठाएर भोज खानेहरुलाई बोलाईको थियो ।
एकाइसौं शताब्दी भइसक्दा संचारको ठूलै माध्यमको रुपमा रहेको माईजन र देवान दुई दिनमै निमन्त्रना पठाई भोज कार्य सफल गर्ने गरेको यथार्थ रहेको पाइन्छ । समुदायमा अन्तरघुलनको सकेंत समेत रहेको यस्ता किसिमको भोज कार्य एक उत्सवको प्रतिक बनिसकेको देखिन्छ ।
एक ठाउँमा नै जम्घट भएर भोज खाने मौका पाएपछि घोषिन यादव समुदायहरुमा हर्ष छाएको छ । ५ कुइन्टल दहि खर्चिएको एक सभा भोजको मर्यादा राख्न भोज बाटै सबैलाई जिम्मेवारिलाई भोज सकिएपछि सम्मान गरिन्छ । भोजलाई मृत्युको उत्सवको रूपमा लिन्छ ।
भोज खासगरि घोषिन यादव समुदायमा हुने गरेको छ । खान सक्ने बच्चा देखि लिएर युवा जवान बृद्धहरुको उपस्थिति रहेको सो भोज गर्ने कुनै करकाप नरहेता पनि यादवहरुले चहलपहलका साथ गरेको शहिदनगर नगरपालिका वार्ड नं. ८ का वडाअध्यक्ष तनुकलाल कुसैयत यादवले बताए । करिब १ बिघा जग्गामा मानिसहरु अटाउन सक्ने अनुमान गरि पंचभगवानको लागि ठाउँ सफासुघर र खेतमा ब्यवस्थापन गरेका थिए ।
घोषिन यादव समुदाय यतिखेर भोजमा अन्दान गरेपछि मृत्यू पश्चात स्वर्ग हुने बिस्वासमा छन् । ५ हजार भन्दाबढी मानिसहरुको भिड रहेको थियो ।
भोज खान आउनेहरुको लागि स्वागत गर्न ठूलै संख्यामा बारिकहरुको व्यबस्था गरिएको थियो । भोजलाई व्यबस्थित गर्न अगाडि पार्किगं देखि लिएर पानीको व्यवस्था र बाहिरबाट आएका माईजन र देवानका लागि बस्ने सुत्ने व्यबस्था समेत मिलाइएको थियो ।