2025-04-02

Close

जनकपुरधाम । होलीको दिन छुरा प्रहार गरी हत्या गरिएका आँशु यादवको लागि आन्दोलन गर्दा झडप भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको हो । होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विहान देखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरी बीच झडप भएको छ ।

प्रहरीले सडक खोउने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरु प्रतिरोधमा उत्रेका थिए । सो क्रममा अवस्था गम्भीर बनेपछि प्रहरीले दर्जनौं राउण्ड आश्रु ग्यास प्रहार गरेका छन् ।

स्थानीयले प्रहरीमाथी ढुंगामुढासमेत गरेका छन् । सो क्रममा दर्जनौ स्थानीय र प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले कति जना घाईते भएका छन् भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ ।

गत चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आंशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आंशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

आज विहानदेखि आंशुकी आमा र स्थानीय विन्धीवासीले जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर