वीरगन्ज १८ चैत्र
सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि अवैधरुपले भारत तर्फ जादै गरेको ठुलो मात्रामा मकै बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिङ्ग पुजाराको कमाण्डमा खटिएको टोलीले पर्सा बिन्दाबासिनी गापा ४ सतुमाई मन्दिर नजिकबाट बेवारिसे २७० बोरा मकै पक्राउ गरेका छन।पक्राउ परेका मकै ६७५०केजी करिब नेपाली मूल्य६ लाख७५ हजार रुपैया बराबरको बरामद गरेको डिएसपी पुजाराले बताए।