2025-04-07

Close

काठमाडौं । गएको बुधबार (चैत २०) देखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका पनि परीक्षण नगर्ने भएका छन् ।

चैत २५ देखि शैक्षिक हडतालसँगै सामुदायिक विद्यालयका शिक्षकले कपी जाँचसहित कुनै पनि शैक्षिक गतिविधि नगर्ने घोषणा गरेका हुन् ।

नेपाल शिक्षक महासंघले आइतबार (चैत २४) विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल घोषणा गरेको छ । राहत शिक्षक संघका अध्यक्ष नवीनसिंह धामीले यो अवधिमा कुनै शैक्षिक गतिविधि नगर्ने बताए ।

“हडताल भनेपछि पढाइ, उत्तरपुस्तिका जाँच केही पनि हुँदैन,” अध्यक्ष धामीले भने, “एसईईको नतिजा समयमै गर्नुपर्छ भने सरकार जवाफदेही हुनुपर्छ ।” यही चैत १९ गते सकिएको एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तालिका छ ।

पटक–पटक छलफलका निम्ति बोलाउँदै सरकारले शिक्षकलाई अलमल्याउने काम मात्र गरेको भन्दै वार्तामा बसेर समय खेर नफाल्ने संघको अडान छ ।

“सरकारको नियत ठिक छ भने बर्खे अधिवेशन बोलाएर वा बजेट अधिवेशनकै समयमा शिक्षा ऐन टुंग्याउने गरी अघि बढोस्,” उनले भने, “हामीलाई सहमतिका बुँदा थप्न वार्तामा बस्नु छैन ।

संसद् अधिवेशन नचलेको हालको अवस्थामा अध्यादेश वा विशेष अधिवेशनमार्फत शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक पाँच दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर