जनकपुरधाम । सर्लाही क्षेत्र नं. १ का पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
साह जसपा नेपाल छाडेर एक महिनाअघि गत फागुन २३ गते नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले आज हस्ताक्षर गरेर पूर्व सांसद साहलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।