2025-04-17

Close

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाम-जयनगर रेल सेवा सञ्चालनमा आएपछि जनतालाई ठूलो सहयोग पुगेको बताएका छन् ।

मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले जयनगर-जनकपुर रेल सञ्चालनमा ल्याउनुलाई ठूलो उपलब्धिको रुपमा व्याख्या गरे । उनले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरुले मजाक उडाएका थिए, तर जयनगर-जनकपुर रेल सञ्चालनमा ल्याएँ ।’

उनले जनकपुरधाम आएर आफैंले टिकट काटेर रेल चढेको सुनाए ।

उनले भने, ‘जजसले विरोध गर्छन् । उनीहरुलाई सित्तैमा (आफैंले टिकट काटेर भए पनि) रेलमा कुदाइदिने भनेको थिएँ, तर कोही आएनन् । सुरुमा कुरा काट्ने र विश्वास नगर्ने गरिन्छ । विश्वास छैन भने केही गर्न सकिँदैन । विश्वास छ भने जस्तोसुकै काम सहजै गर्न सकिन्छ ।’

ओलीले सुशासन कायम राख्न सुझावसमेत दिए । उनले मधेशको उत्पादनले देश पाल्न सकिने भन्दै नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर