जनकपुरधाम । बारा प्रहरीले दुई किलो ९९ ग्राम लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका ६ गम्हरियाका ३२ वर्षीय सरोज प्रसाद साह छन् । उनलाई जीतपुर सिमरा उप-महानगरपालिका २१ अमलेखगंजबाट नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा अफिम बरामद भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको छ ।
साहले मोटरसाइकलको सिटमुनी प्लास्टिकको पोका पारेर अफिम लुकाए थिए । उनीमाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको डिएसपी पण्डितले बताए ।