2025-04-17

Close

वीरगञ्ज,२७ चैत्र । सशस्त्र प्रहरी बल नेपाल पर्साले ४ दिन अघि समाएको पिकअप सहितको कपडा तस्करीमा पर्साका नामुद तस्करहरुको संल्गन्ता देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । फिल्मि शैलीमा पछयाएर गएको आईतबार भन्सार छलीका कपडा सहितको पिकअप बेवारिसे अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले व्यक्तीको संल्गन्ता बारे खुलेर भन्न सकेको छैन यधपी बरामद भएको तस्करीको कपडा वीरगञ्ज १६ ईनर्वा निवासी बैला  उनका साईलेन्ट पार्टनर ट्रान्सपोर्ट एसोशिएसन पर्साका पुर्व अध्यक्ष बालकृष्ण पोखरेलको समेत संल्गन्ता रहेको सशस्त्र प्रहरी स्रोतको दावी छ । विगतमा पनि पटक पटक विवादमा मुछिएका बैला समुहले कहिले सशस्त्र प्रहरीलाई पिटेर त कहिले पत्रकारलाई पिटेर मुद्धा मामिला खेपेको जगजाहेर जस्तै छ । यता ट्रान्सपोर्ट एसोशिएसन पर्साका पुर्व अध्यक्ष बालकृष्ण पोखरेल पनि चोखो छैनन् उनको विगत पनि विवादित नै छ । अहिले पनि पोखरेलमाथी पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उधोद्यमा मुद्धा दर्ता भई विगत १६ दिन देखी फरार रहेका छन । प्रहरीले उनको खोजी कार्यलार्य तिब्रता दिएको पर्सा प्रहरीले जनाएको छ । पोखरेलले ट्रान्सपोर्ट एसोशिएसनको आडमा अवैध भन्सार छलीका समान ओसार पसार गर्ने बैला जस्तै यहाँका धेरै तस्कर समुहहरु संग साठगाठ गरी ट्रान्सपोर्टको माध्यमले देशका विभिन्न ठाउहरुमा माल समान पठाउने गरेका छन । यी समुहले २०२४ सेप्टेम्बर ७ तारिखमा वीरगञ्जबाट पठाएको लु ३ च ५०९८ नम्बरको पिकअप गाडीलाई बाराको पथ्लैयामा राजश्व अनुशनधान कार्यालय पथ्लैयाले नियन्त्रणमा लिएको थियो । बिलविजक गडबड भेटिएपछि पक्राउ परेको उक्त गाडी बाट भन्सार छलीका लाखौ रुपैयाको समान बरामद भएपछि राजश्व अनुशनधानले यी समुहलाई १८ लाख रुपैया जरिवाना गरेको थियो । अहिले पनि सशस्त्र प्रहरीले पक्राउ गरेको १० औँ लाख मुल्य भन्दा बढीको भन्सार छलीका कपडा यी समुहकै भएको लगभग क्लीयर नै छ । सम्बन्धीत निकायले सुक्ष्म अनुशनधान गर्ने हो भने यी समुहको पहिचान गरि राज्यको लाखौ राजश्व चोरी गर्नेहरुलाई कार्यवाहीको दायरामा लयाउन सकिन्थ्यो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर