अप्पन जनकपुर
काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले बिहीबार कुवेतविरुद्ध खेल्दै सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले लगातार ६६ टी-२०आईमा डगआउट भएका छैनन् ।
वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।
कुवेतविरुद्ध दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्याएका थिए ।